२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशीमा आइतबारबाट जग्गाको कित्ताकाट खुल्ने


बिर्तामोड, असार २२ । झापाको बाह्रदशी गाउँपालिकामा असार २४ गते आइतबारबाट जग्गाको कित्ताकाट खुला हुने भएको छ ।
पालिकाले जग्गाको वर्गीकरण गरेसँगै आइतबारबाट कित्ताकाट खुला हुने अध्यक्ष देविन्द्रप्रसाद चौलागाईंले जानकारी दिए ।

भू–उपयोग नियमावली, २०७९ परिच्छेद–३ दफा १० बमोजिम बाह्रदशीभित्रका जग्गाहरूको जग्गाधनी दर्ता स्रेस्ता र जग्गधनी दर्ता प्रमाणपूर्जी अध्यावधिक गर्ने कार्य सम्पन्न भएपछि कित्ताकाट खुला हुने भएको प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले बताए ।

सरकारले केही महिनाअघि जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावलीमा जग्गालाई विभिन्न १० वटा समूहमा वर्गीकरण गरिएको छ ।

झापामा यसअघि बिर्तामोड नगरपालिकाले जग्गाको वर्गीकरण सकेर कित्ताकाट खुलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer