२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारीको सानो साथी किन्डर गार्टेनको सेप्टिक ट्यांकमा डुब्दा बालक सिकिस्त


मेचीनगर, असार २५ । धुलाबारीको पूर्वप्राथमिक विद्यालय सानो साथी किन्डर गार्टेनको शौचालयको सेप्टिक ट्यांकमा डुब्दा एक बालक सिकिस्त भएका छन् ।

मेचीनगर–१० सुब्बाबस्तीका तान्चोक लिम्बूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । बालकलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

सोही विद्यालयमा पढ्ने वर्ष आठका लिम्बू आज खाजा खाने समयमा शौचालयको सेप्टिक ट्यांकमा डुबेका थिए।

आज दिउँसो १२ः३० बजे खाजा खाइसकेपछि बालकलाई कक्षाकोठामा नभेटिएपछि उनको खोजी गरिएको थियो । खोजी गर्दा सेप्टिक ट्यांकमा डुबेर बेहोश अवस्थामा भेटिएको मन्टेश्वरीकी व्यवस्थापक अनिशा पोखरेलले जानकारी दिइन् ।

विद्यालयले सेप्टिक ट्यांकमाथि ढकनीका रुपमा मक्किएको प्लाइको टुक्रा मात्रै राखेको पाइएको छ । विद्यार्थीको सुरक्षामा गम्भीर लापरबाही गरिएकोले कारबाही गरिनुपर्ने मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले बताए ।

धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्गको उत्तरमारहेको सो किन्डर गार्टेनका सञ्चालक मनोज गुरुङ हुन् । विद्यालयमा ६३ जना विद्यार्थी अध्यनरत् छन् । बालकको उद्दारपछि विद्यालय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

(यसअघि प्रकाशित समाचारमा बालक हुनुपर्नेमा भूलवश बालिका भएकोमा क्षमायाचनासहित सच्याइएको छ । -सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer