२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सेप्टिक ट्यांकमा डुबेका बालकको चिन्ताजनक अवस्थामा उपचार, विद्यालय सञ्चालक पक्राउ


बिर्तामोड, असार २५ । धुलाबारीको सानो साथी किन्डर गार्टेनको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेका तान्चोक लिम्बूको चिन्ताजनक अवस्थामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

बालक लिम्बूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उनको टाउकोमा पानी जमेकोले अवस्था गम्भीर रहेको अस्पतालका जनसम्पर्क तथा सूचना अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

पानीमा डुब्दा पानी धेरै खाएकाले ठुलो आन्द्रामा समेत समस्या आएको तथा निमोनिया समेत भएको चिकित्सकले बताएका छन् ।

आज दिउँसो ८ वर्षीय लिम्बू खाजाको समयपछि सोही विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेको अवस्थामा फेला परेका थिए ।

१२ बजे खाजा खाइसकेपछि लिम्बू कक्षाकोठामा नभेटिएपछि खोजी गर्दा सेप्टिक ट्यांकीमा डुबेर बेहोश अवस्थामा भेटिएका थिए ।

सेप्टिक ट्यांकको प्वाल छोप्न मक्किएको प्लाइको प्रयोग गरिएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र खसेका थिए ।
विद्यालयका सञ्चालक मनोज गुरूङले बालक सेप्टिक ट्यांकमा डुबेको थाहा पाएपछि आफैँ ट्यांक पसेर निकालेका थिए । त्यसपछि अस्पताल पनि उनैले पुर्याएका थिए ।

विद्यालय व्यवस्थापनको गम्भीर लापरबाहीका कारण दुर्घटना भएकाले कारबाही गरिनुपर्ने अभिभावकको माग रहेको छ । विद्यार्थीको सुरक्षामा गम्भीर लापरबाही गरिएकोले कारबाही गरिनुपर्ने मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले बताए ।

२०७० सालमा स्थापना भएको यस पूर्वप्राथमिक विद्यालयमा ६३ जना बालबालिका छन् । विद्यालयका सञ्चालक मनोज गुरुङ हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer