२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सुरक्षित गर्भपतनको विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया


दमक,असार ३१ । सुरक्षित गर्भपतन, सञ्चारकर्मीको भूमिका र खोज पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम झापाको दमकमा सम्पन्न भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रोफेसर डा.श्याम लम्सालले सुरक्षित गर्भपतन सेवाको कुल संख्या ९० हजार ७ सय ३३, कोशीमा १५ हजार ९ सय९१ र झापामा २ हजार ९ सय १५ सरकारी डाटामा उल्लेख रहेको जानकारी दिए ।

“सुरक्षित गर्भपतनः अपराध होइन, अधिकार हो”, तर असुरक्षित गर्भपतनका कारण अवस्था भयावह बन्दै गएको हो । सूचिकृत संस्था र प्रदायकले मात्र गर्भपतन गराउन पाउँछन् । गर्भपतन सूचिकृत नभएका संस्था र प्रदायकले पनि गराउछन्, त्यो कानुन विपरित र अपराध हो ।, –उनले भने ।

स्वास्थ्य लाइभ मिडिया प्रालिका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले नेपालमा वार्षिक १० लाख ४८ हजार महिलाले गर्भधारण गरेपनि त्यसको ५० प्रतिशत मात्र बच्चा जन्मने गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।


औषधि व्यवस्था विभाग विराटनगर शाखाका टेकेन्द्र मिश्रका अनुसार दर्ता भएका औषधि मात्र प्रयोग गर्न पाउने भएपनि अनुगमन र नियमन गर्ने निकायमा जनशक्तिको अभावले आवश्यकता अनुसार अनुगमन गर्न सकेको छैन । अहिले ६८ प्रतिशत दर्ता भएका र ३२ प्रतिशत दर्ता नभएका औषधि प्रयोग हुने गरेको उनले बताए ।

कार्यक्रममा डा.श्याम लम्साल, दमक अस्पतालका डा.कृष्ण शाह, औषधि व्यवस्था विभाग बिराटनगर शाखाका टेकेन्द्र मिश्र लगायतले गर्भपतन सम्बन्धी तथ्यहरु, सुरक्षित गर्भपतनका असरहरु, गर्भपतनका कारणहरु र सुरक्षित गर्भपतन सेवा लिनेको अवस्थाका विषयमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए ।

स्वास्थ्य लाइभ मिडिया प्रालिद्वारा आयोजित कार्यक्रमको सहजिकरण प्रालिका प्रबन्ध निर्देशक अधिकारी र प्रविणकुमार यादवले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer