२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दोकानडाँडाका बस्नेतको घर नवज्योति युवा क्लब र बाहुनडाँगी जेसीजले बनाइदिने


मेचीनगर, साउन ७ । आर्थिक अवस्था दयनीय भएका मेचीनगर ३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठुले) को घर बाहुनडाँगी जेसीज र नवज्योति युवा क्लबले बनाइदिने भएका छन् ।

बस्नेतको घर निर्माणका लागि क्लबको अगुवाइमा एक समिति पनि निर्माण गरिएको छ । क्लबका अध्यक्ष सुमन थापाको संयोजकत्वमा समिति बनाएर बस्नेतको घर निर्माण गर्न आर्थिक सहयोग जुटाउन सुरु गरिएको छ ।

समितिको सचिवमा सञ्चारकर्मी देवु बानियाँ, कोषाध्यक्षमा युवा व्यवसायी प्रमेश थापा छन् । त्यस्तै, सदस्यहरु आकाश तामाङ, राम गिरी, राम मगर, रञ्जीत मेरो, अरुण कार्की, देवेन्द्र लावती, केवल निरौला, विशाल धिमाल, ममता गजमेर, प्रजिता मगर, कुमार आचार्य, रोहण पुरी, बालकृष्ण ढुंगाना, इन्द्र निरौला र प्रदिप पौडेल रहेका छन् ।

दिनभर मजदुरी गरेर जीविकोपार्जन गर्ने बस्नेतलाई बिहानबेलुका छाक टार्न पनि धौधौ रहेको छ । उनका बुबाआमाको पहिले नै निधन भएको छ । कमजोर आर्थिक अवस्था भएका उनी बुबाआमा हुँदै बनाएको पानी चुहिने घरमा बस्दै आएका छन् । घरमा दुई दाजुभाइ बस्छन् । ठुलेको बोली छ तर सुष्त छन् ।

पाँच वर्षदेखि भाइ प्रदिप पनि सुष्त भए । उनलाई दुई वर्षअघि धुलाबारीको हलेसी मेडीकलका सञ्चालक सोम ओझामार्फत निःशुल्क औषधि गरेर जाती भएका थिए । तर, औषधि निरन्तर नखाएकाले उनको बिराम जस्ताको तस्तै भयो ।

स्थानीय निकायबाट हरेक वर्ष गरिब परिवारलाई भनेर घर बनाउने अभियान नै चल्छ । उनीहरुको घर मेचीनगर ३ का वडा अध्यक्ष हर्कबहादुर बस्नेतको घरनजिकै छ । वडा अध्यक्षले पनि उनीहरुको अवस्थालाई नजिकबाट नियालेका छन् । तर, बस्नेत वडा कार्यालयको प्राथमिकतामा पर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer