२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको तरकारी र फलफूलको विषादी जाँच्ने प्रयोगशाला ‘देखाउने दाँत’ मात्र


बिर्तामोड, साउन १८ । पूर्वकै ठुलो तरकारी बजार हो बिर्तामोडको कृषि उपज बजार स्थल । बिहान ४ बजेदेखि नै व्यापारीको घुइँचो लाग्ने यो बजार भएर तरकारी विषादी परीक्षण नभई उपभोक्ताको भान्सामा पुग्ने गरेको छ ।

सरकारले तरकारी र फलफूलमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको आठ वर्षभन्दा बढी भयो । कोशी प्रदेशको प्रयोगशाला बिर्तामोडमा रहेको छ । संघीय सरकार मातहत रहेको सो प्रयोगशाला ‘आर्थिक अभाव’मा एक सातायता बन्द छ ।

प्रयोगशालाकी नायव प्राविधिक सहायक अम्बिका बोहोराका अनुसार केन्द्रीय कृषि प्रयोगशालाले बजेट अभावले ‘बन्द गर्नु’ भनेकाले बिर्तामोडको प्रयोगशाला खुला नभएको हो ।

कार्यालय सञ्चालन, किट तथा केमिकल खरिद लगायतका लागि रकम नभएर बिजोग भएकाले प्रयोगशाला बन्द गर्नु परेको बोहोराले झापा टुडेलाई बताइन् ।

प्रयोगशाला खुला भएकै बेला पनि प्रभावकारी बन्न सकेको छैन । विषादीको मात्रा परीक्षण गर्ने मेसिन र प्रविधि छ तर पहाडी क्षेत्रबाट आएका तरकारी उपभोक्ताको भान्सामा पुगिसक्दा मात्र प्रयोगशालाको कार्यालयमा प्राविधिक र कर्मचारी आइपुग्छन् ।

कृषि थोकमा कृषि मन्त्रालयअन्तर्गतको कृषि बजार व्यवस्थापन समिति पनि छ । तर, त्यो समितिको काम व्यापारीबाट कर उठाउनुबाहेक अरु देखिँदैन । प्रयोगशाला बिहान ६ बजेदेखि १२ बजेसम्म खुला हुने गरेको छ । समिति र नगरपालिकाले चासो नदेखाएर तरकारी परीक्षण हुन नसकेको बोहोराको भनाइ छ ।

आफूहरुको काम परीक्षण गरेर रिपोर्ट दिने मात्र रहेको उनले बताइन् । बजारभित्र बिहानै निर्वाध रुपमा विषादी मिसिएको तरकारी र फलफूलका गाडी आउने गरेका छन् ।

बिर्तामोडको प्रयोगशालामा नेपालका तराई र पहाडका कृषक र व्यापारीले तरकारी र फलफूलमा विषादीको मात्रा कति छ भनेर जाँच गराउँदैनन् । कार्यालयका कर्मचारीलाई शंका लाग्यो भने बजारमा गएर नमुना ल्याएर विषादीको मात्रा जाँच गरिन्छ ।

भारतबाट आउने तरकारी र फलफूलको विषादी अवशेष परीक्षण चाहिँ काँकरभिट्टास्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय (खाद्य प्रयोगशाला) मा गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer