२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

तरकारीको विषादी जाँच्ने प्रयोगशाला खुलाउन सरकारसँग माग


बिर्तामोड, साउन १८ । उपभोक्ता जागरण अभियान झापाले एक सातादेखि बन्द रहेको बिर्तामोडको विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

अभियानले आज झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत कृषि तथा पशुपंछी विकास मन्त्रालयलाई पत्र पठाएर विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको हो ।

साउन १२ गतेदेखि प्रयोगशालाको सेवा बन्द भएपछि हाल तरकारी तथा फलफूलको विषादी अवशेष नजाँची बिक्री वितरण भइरहेको छ । यसबाट मानव स्वास्थ्यमा असर परिरहेको जनगुनासो आएको जनाउँदै अभियानले प्रयोगशाला सञ्चालन नगरिए उपभोक्ताहरु सडकमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।

भारतबाट आउने तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षणका लागि काँकरभिट्टामा सञ्चालित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय (खाद्य प्रयोगशाला) अझ बढी प्रविधियुक्त बनाउन, विषादी अवशेष जाँच कडाइका साथ गर्न, नमुना संकलन सरकारी कर्मचारी आफैँले गर्न, जाँच पास नभइकन कुनै पनि सामान भन्सारबाट बाहिर जान नदिन र जाँच प्रतिवेदन जनहितका लागि सार्वजनिक गर्ने व्यवस्था मिलाउन अभियानले माग गरेको छ ।

अभियानले उपभोक्ता हितविपरीतको धन्धामा लागेका जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र बजार अनुगमन प्रभावकारी रुपमा गर्न माग गरेको छ ।

उपभोक्ता जागरण अभियान नेपालका कोशी प्रदेश अध्यक्ष राजेन्द्र घिमिरेको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी पोखरेललाई कार्यकक्षमै भेटेर ध्यानाकर्षण पत्र बुझाएको थियो । टोलीमा अभियानका झापा अध्यक्ष मोहन काजी, उपाध्यक्ष निलकण्ठ तिवारी, सचिव विशाल थापालगायत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer