२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

धरौटी लिएर कन्टेनर छाडियो, कर्मचारीमाथि छानबिन हुने


मेची भन्सार राजश्व छली प्रकरण

बिर्तामोड, साउन १९ । राजश्व अनुसन्धान कार्यालय इटहरीले मेची भन्सारबाट बाहिरिएको कन्टेरले राजश्व छलेको पुष्टि भएसँगै धरौटी बापतको रकम लिएर कन्टेनर छाडेको छ ।

राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यका अनुसार राजश्व तिरेको सामान र धरौटीबापतको रकम लिएर कन्टेनर छाडिएको हो ।

राजश्व अनुसन्धानले कन्टेनर खोलेर छानबिन गर्दा भन्सार प्रज्ञापनपत्रभन्दा बढी र फरक सामान जफत गरेसँगै भन्सारभित्रबाटै राजश्व छली भएको प्रमाणित भएको थियो ।

कार्यालयले धरौटीबापतको ४८ लाख ४१ हजार ५४ रुपैँया रकम लिएको आचार्यले जानकारी दिए । त्यस्तै, कन्टेनर चालकको हकमा समेत ५० हजार धरौटी लिइएको छ ।

कार्यालयले राजश्व छलीका सामान जफत गरी धरौटी रकम लिएसँगै सो कार्यमा संलग्न कर्मचारीहरुमाथि अनुसन्धान अघि बढाइने कार्यालयका प्रमुख आचार्यले बताए । कर्मचारी संलग्नताको विषयमा थप अनुसन्धान हुनेका साथै बयान लिने, अनुसन्धानको दायरामा ल्याउने लगायतका काम हुने आचार्यले झापा टुडेलाई बताए ।

यही साउन १२ गते बेलुका मेची भन्सार कार्यालयबाट बाहिरिएको कन्टेनर भन्सार छलीको आशंकासहित प्रहरीले नियन्त्रणमा लिएको थियो । कन्टेनर जाँच गर्दा प्रहरीले १ करोडभन्दा बढीको सामान फेला पारेको थियो ।

सम्बन्धित समाचार:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer