२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

मेची उद्योग वाणिज्य संघको अगुवाइमा आँखा शिविर


मेचीनगर, साउन २४ । ‘दृष्टि जोगाऔँ, अन्धोपन घटाऔँ’ भन्ने मुल नाराका साथ मेची उद्योग वाणिज्य संघको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आज भएको कार्यक्रममा १९८ जनाको आँखा जाँच र १० हजारभन्दा बढी मूल्यको औषधि वितरण गरिएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंले जानकारी दिए । उनले अहिले आँखा पाक्ने बिरामीहरु धेरै भएकाले यसलाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको बताए ।

त्यसमध्ये ६ जनामा आँखाको शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सल्लाहबमोजिम दुईजनाले आजै शल्यक्रिया गराएका छन् । शल्यक्रियामा पनि ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशत मात्र रकम लाग्ने व्यवस्था मिलाएको मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए ।

मेची नेत्रालयको प्राविधिक सहयोग रहेको शिविरमा नेत्र अधिकृत योगेन्द्र राउत र उनको टोलीले सेवा प्रदान गरेका थिए । शिविर मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer