२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

पाठेघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ?


डा.ज्योति भुजु लामा (गाइनो अंको सर्जन | पूर्वाञ्चल क्यान्सर हस्पिटल, बिर्तामोड, झापा)

बिर्तामोड, साउन ३० । पाठेघरको क्यान्सर महिलाहरुको प्रजनन प्रणालीलाई असर गर्ने क्यान्सर हो । महिलाको शरीरमा एउटा स्ट्रोजन हर्मोन हुन्छ । त्यो हर्मोन धेरै उत्पादन हुँदा पाठेघरको भित्री लेयर बाक्लो बन्छ । हर्मोनले वा अन्य कारणले भएपनि पाठेघरको भित्री लेयरको अत्यधिक बृद्धिले पाठेघरमा मासु पलाउनु नै पाठेघर क्यान्सर हो ।

पाठेघरको क्यान्सरलाई इन्ड्रोमेट्रियम पनि भनिन्छ । सामान्यभन्दा धेरै तौल भएका महिला, उच्च रक्तचाप, डाइबटिज भएका महिला बिरामीहरुमा पाठेघरको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । पाठेघर महिलाहरुको लागि महत्वपूर्ण अंग हो ।

उमेर बित्दै जाँदा विशेषगरी ५० कटेको महिलाहरुलाई पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ । पाठेघरको क्यान्सर सुरुवाती अवस्थामा थाहा पाइयो भने यसलाई रोकथाम गर्न सकिन्छ । अरु भागलाई यसले असर गर्दैन । यसको उपचार गर्न धेरै ढिला गर्दा पाठेघर पूरै सर्जरी गरेर फाल्नुपर्ने पनि हुन्छ ।

पाठेघर क्यान्सरको कारणहरु
पाठेघरको क्यान्सरको कारणहरु धेरै छन् । जसमध्ये केही प्रमुख कारणहरु तल उल्लेख गरिएको छ ।
स्ट्रोजन हर्मोनको अत्यधिक बृद्धि
उच्च रक्तचापका बिरामी
डाइबटिजका बिरामी
धेरै मोटोपन भएका महिलाहरु
वंशाणुगत
अरु औषधिहरुको साइड इफेक्ट आदि ।

पाठेघरको क्यान्सरका लक्षणहरु

१. महिनावारी रोकिएको महिलाहरुमा पुनः रगत जानु ।
२. चालिस कटेको महिलाहरुमा अनियमित महिनावारी हुने ।
३. महिनावारीको समयमा धेरै रगत जाने ।
४. तल्लो पेट दुख्ने आदि ।

पाठेघर क्यान्सरको उपचार सबैभन्दा पहिला क्यान्सर भएको हो कि होइन डाइग्नोसिस गरिन्छ । बायोप्सीबाट क्यान्सर पत्ता लगाइन्छ । सिटी स्क्यान र एमआरआई गरेर क्यान्सर फैलिएको छ कि छैन हेरिन्छ । त्यसपछि क्यान्सरको सर्जरी गरेर पाठेघर र पाठेघरबाट फैलिने सानो सानो बाटो हुन्छ, त्यसलाई पनि निकालिन्छ ।

बायोप्सी रिपोर्ट हेरेर क्यान्सर फैलिएको अवस्थामा भने किमो दिने गरिन्छ । पाठेघरको क्यान्सरका चरणहरु पाठेघर क्यान्सरको चारवटा चरणहरु हुन्छन् । चरणअनुसार क्यान्सर शरीरको विभिन्न भागमा फैलिन्छ ।

पहिलो चरणः पहिलो चरणको क्यान्सर पाठेघरमा मात्र सीमित हुन्छ ।
दोस्रो चरणः यो चरणमा पाठेघरको वरिपरि डिम्बासय, योनिमा फैलिसकेको हुन्छ ।
तेस्रो चरणः पाठेघरको क्यान्सर फैलिने बाटोमा गइसकेको छ भने यसलाई तेस्रो चरण भनिन्छ ।
चौथो चरणः यो चरणमा क्यान्सर शरीरको विभिन्न भागमा फैलिसकेको हुन्छ ।
जस्तैः कलेजो, दिसाको बाटो वा पिसाब थैलीमा गएको हुन्छ । यो चरणको क्यान्सरले योनि ब्लक भएर पिसाब नआउने पनि हुन सक्छ ।

पाठेघरको क्यान्सरबाट बच्न के गर्ने

महिनावारीमा गडबडी भएर धेरै रगत बगेमा जाँच गर्ने
क्यान्सरबाट बच्न स्वस्थ जीवनशैली बनाउने
योगा, व्यायम र अभ्यास गर्ने
रक्सी, चुरोट नखाने
मोटोपनाबाट बच्ने
परिवारमा कसैलाई क्यान्सर छ भने बेलाबेलामा आफूले पनि चेकअप गर्ने

पाठेघरको क्यान्सर असर गर्ने शरीरका अन्य अंग
पाठेघरको क्यान्सर फैलिने मुख्य अंगहरु
फोक्सो, कलेजो, आन्द्रा, दिसा गर्ने बाटो, पिसाव थैली आदि ।

पाठेघरको क्यान्सर दोहोरिने सम्भावना कत्तिको छ ?

क्यान्सरको सर्जरीपछि बेलाबेलामा बिरामीलाई चेकअपको लागि बोलाइन्छ । औषधिहरु दिइन्छ । क्यान्सर कस्तो छ, त्यसको प्रकृति हेरेर त्यसलाई रेडियसन थेरापी पनि दिइन्छ । क्यान्सर निको भइसकेको खण्डमा ५ वर्षपछि क्यान्सर दोहोरिने सम्भावना न्यून हुन्छ । नदोहोरिन पनि सक्छ । तर, ५ वर्षसम्म क्यान्सर निको गर्न र दोहोरिएको छ कि छैन भनेर हेर्न बिरामीलाई चेकअपमा बोलाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer