२०८१ पुष ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आजबाट भद्रपुर अस्पतालवरिपरि मदिरा र सूर्ती बेच्न प्रतिबन्ध


बिर्तामोड, भदौ १ । भद्रपुर वडा नम्बर ८ को अगुवाइ र अग्रसरतामा आजदेखि प्रादेशिक अस्पताल भद्रपुरको एक सय मिटरवरिपरि मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ ।

वडा अध्यक्ष गौरव सुब्बा (मनोज) को तदारुकतामा एक महिनाअघि नै स्थानीय व्यापारीहरुलाई मदिरा र सूर्तीजन्य पदार्थ भदौ १ गतेदेखि नबेच्न म्याद दिइएको छ । वडा कार्यालयले सोसम्बन्धी सचेतना बोर्ड राख्नुका साथै अभियान पनि चलाएको थियो ।

अस्पतालवरिपरि मदिरा तथा सूर्तीजन्य पदार्थ बेच्न नपाउने कानुन भए पनि व्यापारीले अटेर गर्दै आएको थिए । त्यही भएर भदौ १ गते आजदेखि मदिरा र सूतीजन्य पदार्थ बेचेको भेटिए सो ठाउँमा दस हजार रुपैयाँ जरिवाना गरिने निर्णय भएको वडा अध्यक्ष सुब्बाले जानकारी दिए ।

यसअघि अस्पतालकै गेटछेउमा रहेका पसलमा खुलेआम मदिरा र सूर्तीजन्य पदार्थको बिक्री र प्रयोग हुँदै आएको थियो । आसपासमा झन्डै एक दर्जन त्यस्ता पसल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer