२०८२ जेठ १० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

स्कुल बसको ठक्करबाट घाइते बुद्धशान्तिकी ८ वर्षीया समीक्षाको निधन


बिर्तामोड, भदौ ४ । स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा आज अस्पतालमा निधन भएको छ ।

बुद्धशान्ति गाउँपालिकास्थित कर्णाली एजुकेसन फाउन्डेसनको बसले हिजो ठक्कर दिँदा एकै परिवारका तीनजना घाइते भएका थिए । घाइते अन्य दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ८ वर्षीया समिक्षा बस्नेतको उपचारका क्रममा बिएन्डसी हस्पिटलमा निधन भएको प्रहरीले जनाएको छ । उनी स्थानीय ज्योति अङ्ग्रेजी माविमा पढ्थिन् । बुद्धशान्ति ३ प्रणामी मन्दिरनजिकै भएको दुर्घटनामा ८ वर्षीया समीक्षाको अवस्था चिन्ताजनक थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यम खड्काका अनुसार दुर्घटनामा समीक्षासँगै आमा रिता बस्नेत र ५ वर्षीय भाइ सन्दीप बस्नेत घाइते भएका थिए ।

जयपुर बुधबारे सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे. १ क ८६० नम्बरको कर्णाली एजुकेसन फाउन्डेसनको स्कुल बसले सोही दिशातर्फै जाँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा संलग्न बस र सोही ठाउँ निवासी चालक मदन घिमिरेलाई प्रहरी नियन्त्रणमा लिएको जनाएको छ । बस चालकको लापरबाहीका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल