२०८३ बैशाख १९ शनिबार
Jhapa Today
Adv top

अनुमतिबिनै भित्रिँदै इन्डोनेसियाको ‘माल्किस्ट’ बिस्कुट, मूल्यमा ठुलो अन्तर


बिर्तामोड, फागुन २२ । इन्डोनेसियामा उत्पादित ‘माल्किस्ट’ ब्रान्डको बिस्कुट कुनै पनि आधिकारिक अनुमतिबिना नेपाल भित्रिरहेको पाइएको छ । सो बिस्कुट अहिले बजारमा छ्यापछ्याप्ती पाउन सकिन्छ ।

व्यापारीले अवैध आयात भइरहेकाले उक्त बिस्कुट लुकाएर बेच्ने गरेका छन् । बजारमा उक्त बिस्कुटको मूल्यमा समेत ठुलो अन्तर देखिएको छ । एमआरपी ४५ रुपैयाँ भारू (७२ नेपाली रुपैयाँ) उल्लेख भएको उक्त बिस्कुट नेपालमा १५० रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ ।

आधिकारिक अनुमतिबिना आयात हुँदा यसले एकातिर राज्यको राजस्व गुमेको छ भने अर्कोतिर उपभोक्ताहरू ठगिने र गुणस्तरहीन वस्तु उपभोग गर्न बाध्य हुने जोखिम बढेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि उक्त बिस्कुट अनाधिकृत रुपमा आयात भएको बताएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त बिस्कुट आयातका लागि विभागबाट हालसम्म कुनै पनि अनुमति जारी नभएको स्पष्ट पारेको छ ।

विभागकी महानिर्देशक मतिना जोशी वैद्यका अनुसार बजारमा जताततै यो बिस्कुट देखिए पनि आधिकारिक रूपमा आयात भएको रेकर्ड छैन ।

Adv footer