२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

महिला जनचेतना केन्द्रद्वारा मेची आम्दा अस्पताललाई सामग्री हस्तान्तरण


मेचीनगर, भदौ ६ । महिला जनचेतना केन्द्र काँकरभिट्टाले धुलाबारीस्थित मेची आम्दा अस्पताललाई ५५ हजार मूल्यबराबरको सामग्री प्रदान गरेको छ ।

विपदको समयमा सघाउ पुग्ने उद्देश्यले केन्द्रले ६ थान मेट्रेस, ३ थान आइभी स्टेन्ड र २ थान बेड स्क्रिन हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमका बीच मेची आम्दा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष एवम् मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं र आम्दा मेची अस्पतालका इन्चार्ज डाक्टर पोषणरमण त्रिपाठीलाई केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले ती सामग्री हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा मेची उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, उपाध्यक्ष भूमि पौडेल, महासचिव दिनेश शाक्य, कार्यकारी निर्देशक गोपाल बस्नेत, अस्पताल प्रशासन प्रमुख किरण निरौला, केन्द्रकी सचिव भुवन सुब्बा, कोषाध्यक्ष लक्ष्मी खनियाँ, सहसचिव रिता प्रधानलगायतको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer