२०८२ जेठ ३० शुक्रबार
Jhapa Today
Adv top

मेची उद्योग वाणिज्य संघको शिविरमा ४३२ जनाको आँखा जाँच


मेचीनगर, भदौ ८ । मेची उद्योग वाणिज्य संघको आयोजना गरेको एकदिने निःशुल्क आँखा शिविरमा ४३२ जनाले सेवा लिएका छन् ।

शिविरमा ५० जनालाई निःशुल्क औषधि, २७ जनालाई चश्मा वितरण गरिएको थियो । शिविरमा २३ जना मोतियाविन्दु भएका बिमारी देखिएका थिए । काँकरभिट्टा आइ केयर सेन्टरका डा. रोजल थापाको नेतृत्वमा खटिएको टोलीले सेवा दिएको थियो ।

आज ज्यामिरगढी माविमा राखिएको आँखा शिविरमा सो क्षेत्रका नागरिकले निःशुल्क आँखा परीक्षण गराएका थिए । आदिवासी राजवंशी बाहुल्यता रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थी र स्थानीय अभिभावकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मञ्जु बस्नेत अधिकारीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रम मेची उद्योग वाणिज्य संघको अध्यक्ष खेमराज प्रसाईंको प्रमुख आतिथ्यतामा भएको संघका महासचिव दिनेश शाक्यले जानकारी दिए ।

शिविरमा शिक्षक अभिभावक संघका अध्यक्ष केपी शिवाकोटी, प्रधानाध्यापक सन्तप्रसाद चौँलागाईं, मेची उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु श्याम न्यौपाने, आनन्द खड्का, मानकुमार कटुवाल, कार्यकारी निर्देशक गोपाल बस्नेत, आँखा अस्पतालका कोअर्डिनेटर लोकनाथ गौतम, कृष्ण लिम्बू, यज्ञराज खत्रीलगायत सहभागी थिए ।

Adv footer