

बिर्तामोड, भदौ ११ । झापाको व्यस्त बजार बिर्तामोडमा आज बिहानै एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
मुक्तिचोक छेउमा रहेको प्रसाईं सुपर मार्केट अगाडि ती व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । उनी नाली (ड्रेन)भित्र मृत अवस्थामा भेटिएका छन् ।
नालीभित्र पानी जमेको र उनी त्यसमा पल्टिरहेको अवस्थामा एकाबिहानै भेटिएका हुन् । घटनास्थलमा उनले प्रयोग गरेको साइकलसमेत भेटिएको छ ।
मृतकको पहिचान खुल्न सकेको छैन भने थप अनुसन्धान भइरहेको घटनास्थलमा रहेका प्रहरीले जनाएको छ ।


