२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

एनसिडिए झापाको अधिवेशन असोज १२ मा


बिर्तामोड, भदौ ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको जिल्ला अधिवेशनको मिति तय भएको छ । दमकस्थित कार्यालयमा बसेको कार्यसमिति बैठकले अधिवेशनको मिति तय गरेको हो ।

संघका महासचिव जीवनकुमार खड्काका अनुसार झापा शाखाको दोस्रो जिल्ला अधिवेशन यही असोज १२ गते शुत्रबार गर्ने निर्णय गरिएको हो । अधिवेशनको स्थान र समयबारे भने अर्को बैठकले निर्णय गर्ने खड्काले जानकारी दिए ।

संघले यसअघि नै सूचना निकालेर सम्पूर्ण सदस्यहरुलाई नवीकरण गर्न आग्रह गरिसकेको छ । झापा शाखामा अघिल्लो अधिवेशनमा ६५२ सदस्य रहेको कोषाध्यक्ष विवेक बजगाईंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer