२०८१ पुष ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आज जनै पूर्णिमाको दिन खाइने क्वाँटीका फाइदाहरु


बिर्तामोड,भदौ १४ । आज जनै पूर्णिमा, रक्षा बन्धन अर्थात् क्वाँटी पूर्णिमा आजको दिनलाई क्वाँटी खाने दिन पनि भन्ने गरिन्छ । यो पर्वमा क्वाँटी खाने चलन परापूर्वकालदेखि नै चलिआएको हो ।


आ–आफ्नो समुदाय अनुसार कसैले जनै लगाएर र रक्षा बन्धनले मनाउने यो पर्व विशेष गरी नेवारी समुदायमा क्वाँटी पूर्णिमाका रुपमा मनाइन्छ । समयको विकासक्रमसँगैअन्य समुदायमा पनि क्वाँटी खान सुरु गरिएको पाइन्छ ।
क्वाँटी नेवारी शब्द हो । जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ भन्ने हुन्छ । क्वाँटी खानाले वर्षभरिको चिसो काट्छ भन्ने पनि कतिपयको बुझाइ रहेको छ ।


क्वाँटी टुसा उमारी बनाइने विशेष प्रकारको झोलिलो खानेकुरा हो । नौ किसिमका गेडागुडी टुसा उमारी बनाएको खानेकुरालाई क्वाँटी भनिन्छ । क्वाँटी बनाउनका लागि प्रयोग गरिएका नौ प्रकारका गेडागुडीमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ ।


क्वाँटी अत्यन्तै पोषिलो खाने कुरा भएकाले यसलाई घरमा बनाएर जुनसुकै समयमा पनि खान सकिन्छ। कुनै पनि समयमा शरीर कमजोर महसुस भएको खण्डमा गेडागुडीको टुसा उमारी झोल खानाले शरीरमा तागत आउने, रोग प्रतिरोधात्मक शक्ति बडाउने र बच्चाहरूको वृद्धि विकासमा सहयोग पुर्याउने चिकित्सकहरुको भनाई छ ।


मानव स्वास्थ्यका लागि क्वाँटी फाइदाजनक रहेको छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ, कब्जियत हटाउँछ, पाचनशक्तिमा सुधार ल्याउँछ, कोलेस्टेरोल नियन्त्रण गर्छ, शारीरिक र मानसिक स्वास्थ्यमा सुधार हुन्छ, स्मरणशक्ति वृद्धि गर्छ, मानसिक स्वास्थ्यमा सुधार, रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा पुर्‍याउँनुका साथै पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँने चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer