२०८२ कात्तिक २२ शनिबार
Jhapa Today
Adv top

अधिकारी, शाक्य र दवाडीलाई प्रमोद तामाङ स्मृति पुरस्कार


बिर्तामोड, भदौ १५ । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले विभिन्न तीन विधाका पुरस्कार वितरण गरेका छन् ।

आज झापाको चन्द्रगढीमा आयोजित एक कार्यक्रमका बीच स्वर्गीय प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक तथा उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार वितरण गरिएको हो । प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट आँखा अनलाइन तथा नागरिक एफएमका सम्पादक ईश्वर अधिकारी सम्मानित भए ।

त्यस्तै, प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य र कनकाई नगरपालिकाकी कर्मचारी टिकादेवी दवाडी सम्मानित भए । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ ।

संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रमममा प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य छविलाल चुडाल, कोशी प्रदेशका पूर्वसभा सदस्य वसन्त बानियाँ, संगठनका कोशी प्रदेश इञ्चार्ज लक्ष्मीप्रसाद गुरागाईं, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, संगठनका कोशी प्रदेश अध्यक्ष काशीराज पराजुलीलगायतले पुरस्कृत व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र हरुतान्तरण गरेका थिए ।

राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि चुडाल, संगठनका कोशी इञ्चार्ज गुरागाईं, कोशी प्रदेश अध्यक्ष पराजुली, कनकाई नगरप्रमुख पोखरेल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, निरोज कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Adv footer