२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एनसिडिए केन्द्रीय अधिवेशनमा कोशी र बागमतीबीच सहकार्यको सहमति


बिर्तामोड, भदौ १६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को आसन्न केन्द्रीय चुनावी अधिवेशनका लागि कोशी प्रदेश र बागमती प्रदेशबीच सहकार्यको सहमति भएको छ ।

दुई प्रदेशबाट उम्मेदवारी दिएका उम्मेदवारहरु फरफरक पदमा रहेपछि चुनावी सहमति भएको कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक नरेन्द्र बरालले जानकारी दिए ।

यसअघि केन्द्रीय महासचिवमा कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडाले उम्मेदवारी घोषणा गरे पनि बागमतीसँगको सहमतिपछि फिर्ता लिएका छन् । खतिवडाले बागमतीबाट महासचिवमा उम्मेदवारी दिएका श्रीधर खनाललाई समर्थन गरेका हुन् ।

संघलाई चौतर्फी प्रहार भई कमजोर हुँदै गरेको र कार्यसमितिभित्र देखिएको ध्रुवीकरणका कारण संघले अपेक्षित गति लिन नसकेकाले आफूले उम्मेदवारी फिर्ता लिएको खतिवडाले जनाएका छन् ।

अब कोशी प्रदेशको तर्फबाट थोक, खुद्रा र खुला सदस्य पदमा एकएकजनाले उम्मेदवारी दिने निश्चित भएको छ । संयोजक बरालका अनुसार केन्द्रीय सदस्य थोकमा गौतम गुप्ता, खुद्रमा प्रदिप दास र खुलामा कञ्चन शर्माको उम्मेदवारी कोशी प्रदेशबाट रहनेछ ।

दमकका गुप्ता झापा शाखाका अध्यक्ष हुन् भने विराटनगरका दास प्रदेश उपकोषाध्यक्ष र बिर्तामोडका शर्मा प्रदेश सदस्य हुन् । बागमतीले यी तीनजना केन्द्रीय सदस्यका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको बरालले बताए ।

बगमती प्रदेशबाट वरिष्ठ उपाध्यक्षमा निरञ्जनप्रसाद रिसाल, केन्द्रीय उपाध्यक्षमा रामचन्द्र शर्मा, महासचिवमा खनाल, कोषाध्यक्षमा सम्राटमान जोशी, सचिवमा सिर्जनकुमार भट्टराई र दुइजनाको सदस्यमा उम्मेदवारी रहेको बागमती प्रदेश अध्यक्ष ध्रुवनारायण श्रेष्ठले जानकारी दिए ।

संघको १४ औँ केन्द्रीय अधिवेशन यही भदौ २२ र २३ गते वीरगञ्जमा हुँदैछ । अधिवेशनमा सात प्रदेशका कार्यसमिति तथा ५४ जिल्ला अध्यक्षले मतदान गर्ने छन् । अधिवेशनमा २०८ जना मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer