२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा डेंगी परीक्षणका लागि किट निःशुल्क


मेचीनगर, भदौ १७ । झापाको मेचीनगर नगरपालिकाले डेंगी परीक्षणका लागि निःशुल्क किटको व्यवस्था गरेको छ । सरकारले सरकारी स्वास्थ्य संस्थामा डेंगीको निःशुल्क परीक्षण गर्न भनेको छ ।

मेचीनगर स्वास्थ्य शाखाका अनुसार नगरपालिकाले मातहतका विभिन्न स्वास्थ्य संस्थाहरूमा अहिले डेंगी जाँच्नका लागि डेंगी किट निःशुल्क व्यवस्था गरिएको हो ।

मेचीनगरमा अहिलेसम्म ४९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाका अनुसार नगरमा एक सयभन्दा बढी शंकास्पद बिरामीमा परीक्षण गर्दा ४९ जनामा डेंगी पुष्टि भएको छ ।

अहिले मौसम परिवर्तनले गर्दा ज्वरो आउने बिरामीको संख्या बढ्दै गएको छ । ज्वरो आउँदैमा ती सबै बिरामलाई डेंगी संक्रमण नहुन सक्ने उनको भनाइ छ ।

अहिले बाहुनडाँगी स्वास्थ्य चौकी, काँकरभिट्टा स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ केन्द्र धुलाबारी, ज्यामिरगढी स्वास्थ्य चौकी, दुहागढी स्वास्थ चौकी र धाइजन स्वास्थ्य चौकीमा डेंगी जाँच्नका लागि डेंगी किट निःशुल्क व्यवस्था गरिएको उनले बताइन् ।

स्वास्थ्य कार्यालयको मापदण्डअनुसार तीन दिनभन्दा बढी ज्वरो आएको, रगतको सिभिसी जाँचपश्चात आवश्यक भएकाहरूलाई अहिले निःशुल्क डेंगी जाँच्नका लागि किटको व्यवस्था गराउने गरिएको स्वास्थ्य प्रमुख निरौलाले बताइन् । साथै, अहिले जोखिमयुक्त ठाउँमा डेंगीको लार्भे मार्ने बिटिआइ औषधि छर्कने तयारी भइरहेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer