२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

औषधि व्यवसायका पर्याय गौतम गुप्ता एनसिडिए केन्द्रीय सदस्यको उम्मेदवार


दमक, भदौ १८ । गौतम गुप्ताऔषधि व्यवसाय एक सिक्काका दुई पाटाजत्तिकै हुन् । उनीहरुलाई एकअर्काको पर्याय नै भन्दा पनि हुन्छ । किशोरावस्थादेखि नै औषधि व्यवसायमा होमिएका दमकका युवा व्यवसायी गुप्ता लोकप्रिय र स्वच्छ छवि भएका औषधि व्यवसायी हुन् ।

२०३० सालमा बुवा देवराज गुप्ताले सञ्चालन गरेको जयश्री महावीर मेडिसिन सेन्टरमै बाल्यकाल बिताएका गौतमले सानै उमेरमा औषधिबारे बुझ्ने मौका पाए । १८ वर्षकै उमेरमा ओरेन्टेसनपछि उनी पूर्णरुपमा औषधि व्यवसायमा आवद्ध भए ।

२०४० सालमा बुवा देवराज गुप्ता नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) मेची शाखाको संस्थापक अध्यक्ष बन्दा गौतम २ वर्षको मात्र थिए । त्यसको ठिक ३६ वर्षपछि उनी बुवाकै पथमा संघको झापा शाखाको संस्थापक अध्यक्ष भए ।

दमकमा औषधिको थोक व्यापार गर्दै हाल महावीर फार्मेसी सञ्चालन गर्दै आएका गौतम अग्रजहरुको सल्लाह र सहकर्मीहरुको साथ र सुझावलाई शिरोधार्य गर्दै अघि बढेका कुशल व्यवसायी हुन् । सबैमाझ सहजै घुलमिल हुनसक्ने क्षमता भएका गौतमलाई एनसिडिएभित्र समन्वयकारी भूमिका गर्दै सफल नेताको रुपमा पनि व्याख्या गरिन्छ ।

बुवा संस्थापक हुँदै तीन कार्यकाल मेची शाखाको अध्यक्ष हुँदा गौतम सानै थिए । तर, पिताले संघ र व्यवसायीलाई गरेको योगदानलाई अझ मजबुद राख्न गौतमले २१ वर्षको उमेरदेखि हालसम्म एनसिडिएमा काम गर्दै आए । २०५६ सालमा मेची शाखाको साधारण सदस्य भएका उनी त्यसयताका सबै कार्यसमितिमा सदस्य हुँदै उपाध्यक्षसम्म भए ।

२०७६ सालमा पहिलोपटक जिल्ला शाखाको अवधारणा आएपछि उनी निर्वाचित संस्थापक अध्यक्ष बने । संघमा लामो समय बिताएका र सफल योजनाकारका रुपमा परिचय बनाएका उनी यही भदौ २२ र २३ गते वीरगञ्जमा हुन गइरहेको संघको १४ औँ केन्द्रीय अधिवेशनमा थोकतर्फको केन्द्रीय सदस्यको उम्मेदवार छन् ।

संघमा बसेर अनुभवले खरिएका गौतमले यसअघि २०७१ भदौ ७ गते सिक्किममा भएको संघको केन्द्रीय पूर्ण बैठकको संयोजकको भूमिका जिम्मेवारीपूर्वक निभाइसकेका छन् । उनले केन्द्रीय समितिको थोक उपसमितिको दुई कार्यकाल सदस्यको रुपमा बसेर काम गरिसकेका छन् ।

एनसिडिएसँगै जेसिज, लायन्स क्लब, रोटरी क्लब, रेडक्रसजस्ता सामाजिक संघसंस्थामा आवद्ध उनी दमक नगरपालिकाको कार्यपालिका सदस्य हुन् । ४३ वर्षीय गौतमले हरेक वर्ष चारजना विपन्न बालबालिकाको अध्ययनबापतको खर्च पनि व्यहोर्दै आएका छन् । उनले बुद्धशान्तिको ज्येष्ठ चौतरीमा खानेपानीको धारा जडान, दमकमा शनि मन्दिरको निर्माणजस्ता दर्जनौँ सामाजिक काम गरिसकेका छन् ।

-सशुल्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer