२०८१ पुष १२ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टाका दुर्गाप्रसाद दाहाल सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह


मेचीनगर, भदौ १९ । झापाको काँकरभिट्टाका ५१ वर्षीय दुर्गाप्रसाद दाहाल झन्डै तीन महिनायता सम्पर्कविहीन भएपछि पत्नीले खोजी गरिदिन आग्रह गरेकी छन् ।

आज काँकरभिट्टामा पत्रकारसँग दाहालकी पत्नी शोभा बुढाथोकीले आफ्नो पति गत असार २ गतेदेखि सम्पर्कविहीन भएको जानकारी दिइन् ।

काम गर्ने सिलसिलामा घरबाट हिँडेका दाहाल जेठमा घर आएका थिए । उनी फोनमा असार २ गतेसम्म आफूसँग सम्पर्कमा रहेको बुढाथोकीले बताइन् । साथीहरुसँग बुझ्दा असार ७ गते घर जान्छु भनेर भारतको पानीट्यांकीबाट हिँडेको बताएको बुढाथोकीको भनाइ छ ।

६ वर्षदेखि इँटा, कोइलाको व्यापार व्यवसाय गर्दै आएका उनका एक छोरा एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer