२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड लायन्सको आयोजनामा ६२६ जना विद्यार्थीको आँखा जाँच


बिर्तामोड, भदौ १९ । लायन्स क्लब अफ बिर्तामोडको आयोजनामा हल्दिबारी गाउँपालिकका दुई विद्यालयका बालबालिकाको आँखा जाँच गरिएको छ ।

आज हल्दिबारीस्थित केनेरी एकेडेमी र नवसिर्जना आधारभूत विद्यालयका ६२६ जना विद्यार्थीको आँखा जाँच गरिएको क्लबका उपाध्यक्ष प्रदिप खरेलले जानकारी दिए ।

केनेरीका ५६१ जना र नवसिर्जनाका ६५ जना विद्यार्थीको आँखा परीक्षण गरिएको थियो । आँखा जाँच गरेर चश्मा लगाउनुपर्ने र औषधि सेवन गर्नुपर्ने बिरामीलाई निःशुल्क वितरण गरिएको थियो ।

विद्यार्थीहरुमा दृष्टिदोष (चश्मा लगाउनुपर्ने अवस्था), आँखा पाक्ने, आनो आउने, एलर्जी भएको भेटिएको थियो । शिविरमा २५ जना विद्यार्थीलाई चश्मा दिइएको थियो भने दुईजनालाई अस्पताल भर्नाका लागि सिफारिस गरिएको थियो ।

क्लबकी अध्यक्ष संगीता रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक सहयोग मेची आँखा अस्पतालले गरेको थियो ।

आँखा शिविरमा हल्दिबारी वडा नम्बर २ का वडा सदस्य विष्णुबहादुर राई, गणेश मगर, केनेरीकी प्रिन्सिपल टिकादेवी चुडाल, नव सिर्जनाका प्रधानाध्यापक भीम दाहाल, पूर्वअध्यक्ष सुरज रौनियनर, मेची आँखा अस्पतालका नेत्र अधिकृत युवराज बोहोरा, प्रभा राउतलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer