२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा प्रत्येक २७ घण्टामा एकजनाको आत्महत्या !


बिर्तामोड, भदौ २४ । डिप्रेसनलगायत आर्थिक समस्याका कारण झापामा सरदर २७ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ३४ जनाले आत्महत्या गरेका छन् । झापामा २०७७ साउनदेखि हिजो शनिबारसम्म ९९९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आत्महत्या गर्नेमा २७१ जना महिला, ६ सयजना पुरुष, ६४ जना बालिका र २९ जना बालक रहेका छन् । सबैभन्दा बढी आत्महत्या गर्ने १६ देखि २५ वर्ष उमेर समूहका युवायुवती रहेको पाइएको छ ।

आत्महत्या गर्नेहरुले धेरैजसो झुन्डिने र विष सेवन गर्ने गरेको पाइएको छ । शरीरमा आगो लगाउने, गोली हानेर र हातहतियारको प्रयोगबाट आत्महत्या गर्नेको संख्या सबैभन्दा कम छ ।

मानसिक स्वास्थ्य, आर्थिक तनाव, सामाजिक र सांस्कृतिक कारण, घरेलु हिंसा, प्राकृतिक विपत्ति, मानसिक स्वास्थ्य सेवाको अभाव, सांस्कृतिक अवस्थाका कारण आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer