२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा मरेको माछा बिक्रीमा रोक, खुला रुपमा मासु नबेच्न निर्देशन


दमक, भदौ २५ । बिर्तामोड नगरपालिकापछि झापाको दमक नगरपालिकाले पनि मरेको माछा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ । नगरपालिकाले खाद्य स्वच्छता र गुणस्तर, हामी सबैको सरोकार भन्ने नारा तय गर्दै मरेको माछा बेच्न रोक लगाएको हो ।

भारतबाट आयात गरिएको मरेको माछा र जिउँदो माहुर जातको माछा बिक्री नगर्न नगरपालिकाले सूचना जारी गरेको छ । यस्तो गरिएको पाइए तत्काल जफत गरिने सूचनामा उल्लेख छ ।

दमकका सबैजसो माछाको परिकार पाइने होटलमा भारतबाट ल्याइएको मरेको माछा बिक्री हुने गरेको छ ।

त्यस्तै, नगरपालिकाले सबै प्रकारका मासुजन्य पदार्थ खुला रुपमा बेच्न नपाइने तथा सिसा वा जाली लगाइएको भाडामा राखेर मात्र बिक्री गर्न निर्देशन जारी गरेको छ ।

नगरपालिकाले भन्सार जाँच पास नभई आएको तरकारी समेत नबेच्न सचेत गराएको छ । शंकास्पद तरकारी बेचेको शंका लागे कारबाही गरिने र बिक्री गरिने तरकारी विषादीरहित हुनुपर्ने नगरपालिकाले उल्लेख गरेको छ ।

त्यस्तै, बोत्तलमा प्याकिङ भएर आउने कागतीबाहेकका अन्य अमिलो पदार्थको प्रयोग गर्न नपाइने र प्रयोग गरिएको पाइए जफत गरी नष्ट गरिने नगरपालिकाको सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer