२०८१ कार्तिक २१ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरको झाडीमा भेटिएका शिशुको अभिभावकत्व विराटनगरका चिकित्सक दम्पतीलाई


बिर्तामोड, असोज २ । भद्रपुरको झाडीमा भेटिएका शिशु (बालक) को अभिभावकत्व विराटनगरका चिकित्सक दम्पतीले पाएका छन् ।

भद्रपुर नगरपालिकाले अभिभावकत्व लिन चाहनेहरुको निवेदनउपर छलफल गरी विराटनगर १३ का चिकित्सक दम्पती सुनित अग्रवाल र अंकिता राठीलाई सो बच्चाको अभिभावकत्व दिने निर्णय गरेको हो ।

अभिभावकत्व लिनका लागि पाँच दम्पतीले निवेदन दिएका थिए । इलाम २ का मनकुमार तामाङ र नानु तामाङ, भद्रपुर १ का पर्शुराम लुइटेल र ईश्वरादेवी बिमली, अर्जुनधारा ६ का खगेन्द्रराज खरेल र गीता अधिकारी खरेल तथा भद्रपुर ४ का सन्तोष बस्नेत र मिना दाहाल बस्नेतले अभिभावकत्व लिनका लागि निवेदन दिएका थिए ।

नगरपालिकाले गत भदौ २४ गते एक सूचना जारी गरी अभिभावकत्व दिने गरी प्रक्रिया सुरु गरेको थियो । हकदाबीका लागि तोकिएको १० दिनको म्यादभित्र शिशुलाई दाबी गर्न आमाबुवा नआएपछि नगरपालिकाले अरुलाई अभिभावकत्व दिने गरी प्रक्रिया सुरु गरेको थियो ।

गत भदौ १२ गते साँझ भद्रपुर नगरपालिका वडा नम्बर ७ को चन्द्रगढी हुँदै फूलबारी टोल जाने बाटोछेउको झाडीमा बेवारिसे अवस्थामा ती शिशु फेला परेका थिए ।

ती शिशुलाई अभिभावकत्व लिन डाक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायी, राजनीतिकर्मीलगायत करिब सयजना इच्छुक देखिए पनि पाँच दम्पतीले मात्र सूचीकृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer