२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

यस्ता छन् खाना पचाउने घरेलु उपाय


बिर्तामोड, असोज ४ । खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ :

– अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस् ।

– पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।

– मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ ।

– खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि धेरै चपाएर खाँदा पाचन राम्रो हुन्छ ।

– पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन । त्यसैले, मजिराजन्य पदार्थ छुँदै नछुनुस् । पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ । गाँजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ ।

– पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ । यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ ।

– बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ । तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ । त्यसैले, तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ ।

– आयुर्वेद चिकित्सकको सल्लाहमा घ्यूकुमारीको जुस खाने गर्नुहोस् ।

– अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer