२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

शिक्षकहरुलाई विद्यालय बन्द नगर्न स्थानीय सरकारको अनुरोध


बिर्तामोड, असोज ४ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिको मौलिक हक र मानव अधिकारको हनन् हुनेगरी अनिश्चितकालीन विद्यालय बन्द नगर्न अनुरोध गरेका छन् ।

महासंघ र संघले संविधानले सुनिश्चित गरेको बालबालिकाको पढ्न पाउने मौलिक हक हनन् नगर्न अनुरोध गरिसकेको जनाएका छन् । विद्यालय बन्द भए अधिकारप्रदत्त कारबाहीको प्रक्रिया अगाडि बढाउन बाध्य हुने विज्ञप्ति निकालेर उल्लेख गरेका छन् ।

नगरपालिका संघले शिक्षकहरुको कतिपय जायज मागमा नैतिक समर्थन रहे पनि विद्यार्थीको पढ्न पाउने मौलिक हक नै हनन् हुनेगरी विद्यालय बन्द गर्ने कुरामा सहमति नरहेको जनाएको छ ।

त्यस्तै, गाउँपालिका महासंघले शिक्षकहरुको हक अधिकार सुनिश्चित गर्ने कुरामा समर्थन रहे पनि संविधानको मर्मविपरीत विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित हुने कुरामा समर्थन नरहेको उल्लेख गरेका छ ।

विद्यालय शिक्षा विधेयकको विरोध गर्न झापासहित देशभरका शिक्षकहरुले काठमाडौँमा प्रदर्शन थालेका छन् । विद्यालय बन्द गरेर काठमाडौँमा भेला भएका उनीहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा छन् ।

शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक स्कुलका विद्यार्थीहरु मारमा परेपछि स्थानीय तहहरुले चासो दिएका हुन् । शिक्षा विधेयकमा सुधार गर्नुपर्ने मागमा सहमति भए पनि विद्यार्थीको पढ्न पाउने अधिकार हनन नगर्न स्थानीय सरकारहरुले अनुरोध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer