२०८३ बैशाख १० बिहीबार
Jhapa Today
Adv top

बढ्यो विदेशिनेको संख्या, २ दिनमै ५ हजार बढीले लिए श्रम स्वीकृति


बिर्तामोड, बैशाख १० । युद्धका कारण खाडी मुलुकहरूमा रोकिएको वैदेशिक रोजगार फेरि सुरु भएसँगै विदेशिनेको संख्या उल्लेख्य बढ्न थालेको छ ।

खाडी तथा पश्चिम एसियाका विभिन्न १२ मुलुकमा श्रम स्वीकृति बन्द हुँदा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको थियो । तर, श्रम स्वीकृति खुलेसँगै पछिल्लो दुई दिनमा मात्रै ५ हजार ७ सय ३० जनाले श्रम स्वीकृति लिएका छन् । जसमा खाडी तथा पश्चिम एसियाका १२ मुलुकका लागि श्रम स्वीकृति लिनेको संख्या मात्रै ३ हजार ४ सय ८३ रहेको छ ।

इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण झन्डै दुई महिनाअघि खाडी लगायत पश्चिम एसियाका विभिन्न देशमा श्रम स्वीकृति स्थगन गरिएको थियो । युद्धविराम भएर अवस्था केही सहज बनेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई दिनअघि श्रम स्वीकृति खुला गरेको हो।

Adv footer