२०८२ जेठ ३१ शनिबार
Jhapa Today
Adv top

एनसिडिएको जिल्लामा थपियो पद, झापाको अधिवेशनको तयारी पूरा


दमक, असोज ११ नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको आसन्न निर्वाचनमा उपाध्यक्षसहित पदहरु थप भएको छ ।

संघको केन्द्रीय अधिवशेनबाट संशोधित विधानअनुसार जिल्ला शाखामा पदहरु थप गरिएको कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बरालले जानकारी दिए ।

बरालका अनुसार यसअघि ११ सदस्यीय रहेको जिल्ला शाखामा अब १५ सदस्यीय कार्यसमिति बन्ने भएको छ । विधानले वरिष्ठ उपाध्यक्ष, थोक उपाध्यक्ष र खुद्रा उपाध्यक्ष तथा सदस्यमा दुई पद थप गरेको हो ।

संघका महासचिव जीवनकुमार खड्काका अनुसार झापा शाखाको दोस्रो जिल्ला अधिवेशन असोज १२ गते शुत्रबार भोलि दमकमा हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको खड्काले जानकारी दिए ।

झापा शाखाको दास्रो अधिवेशनमा ३६३ जना व्यवसायीको मताधिकार रहेको कोषाध्यक्ष विवेक बजगाईंले जानकारी दिए ।

Adv footer