२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँले वृद्धि


बिर्तामोड, असोज १४ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले स्वचालित मूल्य प्रणालीअनुसार शनिबार रातिदेखि लागु हुनेगरी मूल्यवृद्धि गरेको हो ।

जसमा पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रोवबर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौँ, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

ग्यासको प्रतिसिलिन्डर २११० रुपैयाँ पुगेको छ । ग्यासको मूलय भने देशैभरि एउटै मूल्य कायम हुने गरेको छ । यसअघि ग्यसको मूल्य प्रतिसिलिन्डर १८९५ रुपैयाँ थियो ।

बढेको मूल्य शनिबार राति १२ बजेपछि लागु हुने निगमले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

चाडबाड आउनै लागेको बेला निगमले मूल्य बढाएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । अभियान्ताहरुले बढेको मूल्य फिर्ता लिन सरकारलाई दबाब दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer