२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

राजवंशीको कप्तानीमा एसियाडमा नेपाललाई ऐतिहासिक कास्य पदक


बिर्तामोड, असोज १७ । मोरङ जहदीकी मेनुकाकुमारी राजवंशीको कप्तानीमा रहेको नेपाली राष्ट्रिय महिला कबड्डी टिमले १९ औँ एसियाली खेलकुदमा कास्य पदक पक्का गरेको छ ।

चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको हो । एसियाली खेलकुदको डेब्यु प्रतियोगितामै महिला कबड्डीले पदक पक्का गरेको हो ।

बुधबार महिला कबड्डीको समूह ‘बि’ मा इरानले बंगलादेशलाई ५६–१६ ले हराएपछि नेपालले कास्य जितेको हो । पहिलो हाफमा इरान २८–५ ले अगाडि थियो ।

यस समूहमा लिग चरणका सबै खेल सम्पन्न भएका छन् । लगातार दुई खेल जितेको इरान र एक खेल जितेको नेपाल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इरानले नेपाल र बंगलादेशलाई हराएको थियो । बंगलादेश दुवै टोलीसँग पराजित हुँदै पदकविहीन रह्यो । नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

योसँगै नेपालले कास्य पदक पक्का गरेको हो । सेमिफाइनल प्रवेश गर्नेले कास्य पदक पाउनेछ । अर्काे समूहको खेलपछि नेपालले सेमिफाइनल प्रतिद्वन्दी पक्का गर्नेछ । सेमिफाइनलमा जित निकाले नेपाल स्वर्ण पदकको लागि खेल्नेछ ।

यसअघि पदक आशा गरिएको तेक्वान्दो, बक्सिङ फुटबल, भलिबल, उसु पदकविहीन भएका थिए । अब, नेपालले कराते लगायत खेल खेल्न बाँकी छ । एसियाडमा २९ खेलबाट २५३ खेलाडी सहभागी छन् ।

टिममा झापाकी अनुजा कुलुङ राईसहित मानमति विष्ट, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बडु, अर्पणा चौधरी, गंगा चौधरी, इशा राई र कलाव पन्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer