२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

त्रिदेव क्याम्पसको स्थापना दिवसमा संस्थापकहरुलाई सम्मान


मेचीनगर, असोज १७ । झापाको चारआलीस्थित त्रिदेव पब्लिक क्याम्पसको १६औँ स्थापना दिवसको अवसरमा क्याम्पसका संस्थापक सञ्चालक समिति तथा संस्थापक प्राध्यापकहरुलाई सम्मान गरिएको छ ।

त्रिदेव पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति सावित्रा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक संघका संस्थापक विजय दाहालले क्याम्पस सुरु गर्दाको अवस्थाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा एकल नृत्य प्रतियोगिता समेत सम्पन्न भएको थियो । प्रतियोगितामा अम्बिका श्रेष्ठ प्रथम, सुस्मिता कार्की द्वितीय, स्मृति राई तृतीय र विपना दर्जी सान्त्वना भएका थिए ।

सो अवसरमा प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री एकराज कार्कीले क्याम्पसमा राजनीति पस्यो भने त्यो क्याम्पस धराशायी अवस्थामा पुग्ने बताएका थिए ।

कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष हरिचरण बानियाँ, पब्लिक क्याम्पस प्राध्यापक संघकी केन्द्रीय कोषाध्यक्ष राधिका ओझा, त्रिदेव क्याम्पस प्रमुख माधव प्याकुरेल, त्रिदेव क्याम्पस स्ववियु सभापति अर्जुन गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमकी अध्यक्ष दाहालले औचित्यमाथि प्रकाश पार्दै अग्रजको योगदानको कदर गर्दै भावी पुस्तालाई सम्मान संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् ।

प्राध्यापक संघकी सदस्य तारा सेढाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका सचिव विवेक उप्रेतीले गरेका थिए ।

२०६४ सालमा स्थापित क्याम्पसले क्युएए प्रमाणपत्रको मान्यता प्राप्त गरेको छ । क्युएए मान्यता प्राप्त गरेसँगै त्रिदेव क्याम्पसमा अध्ययनरत विद्यार्थीको प्रमाणपत्रले पनि अन्तर्राष्ट्रिय रुपमा मान्यता पाउने बाटो खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer