२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आजदेखि मौसममा सुधार आउने


बिर्तामोड, असोज १८ । झापासहित पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट आजदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

विभागका मौसमविद् गोविन्द झाका अनुसार आजदेखि मंगलबार र बुधबारको जस्तो लगातार झरी नहुने तर केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ । पूर्वमा मात्रै अलिकति वर्षा बाँकी रहेको छ ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ । साथै, नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टामा कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer