२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

गत वर्षको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय झापा ४६ औँ स्थानमा


बिर्तामोड, असोज १८ । कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय झापा ४६ औँ नम्बरमा पर्दै ‘उत्कृष्ट’ ठहरिएको छ । ७७ वटा जिल्ला प्रशासनमध्ये झापा ८७ दशमलव ३१ अंक प्राप्त गर्दै औषत स्थानमा रहन सफल भएको हो ।

गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको मूल्यांकन सम्झौताबमोजिम काम गरेर ९० भन्दा माथि अंक ल्याउँदै ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु ‘अति उत्कृष्ट’ को सूचीमा परेका छन् ।

गत वर्ष झापामा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल थिए । उनको कार्यकालमा झापामा खासै काम हुन नसकेको गृह मन्त्रालयले मूल्यांकन गरेर अंक दिएको हो ।

३० वटा प्रशासन कार्यालयहरु ८० देखि ९० अंकसम्म ल्याएर ‘उत्कृष्ट’ ठहरिएका हुन् । झापा पनि यसै समूहमा परेको हो । बाँकी १४ जिल्ला प्रशासन कार्यालयहरु ‘उत्तम’ कार्यसम्पादनको सूचीमा छन् ।

कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय गुल्मी ९६.४४ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ६१.५६ अंकसहित अन्तिम स्थानमा छ ।

गृह मन्त्रालय कार्यसम्पादन मूल्यांकनमा गुल्मी पहिलो स्थानमा छ भने अन्तिम स्थानमा सिराहा जिल्ला प्रशासन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer