२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एनएमसी डेरीको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु


बिर्तामोड, असोज १८ । झापाको माईधारमा आज बिहान एनएमसी डेरीको गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत माईधारमा भएको दुर्घटनामा स्कुटरमा सवार तीनजना गम्भीर घाइते भएका थिए ।

एकजनाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । तीनैजना पुरुष रहेको बताइएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका वडा नम्बर ३ का २० वर्षीय भविस श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । अन्य दुई घाइते सोही पालिका वडा नम्बर ७ का निशान शिवाकोटी र वडा नम्बर २ का सुसन थापाको उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१-०१६ प ४२८८ नम्बरको स्कुटर र पश्चिमतर्फ जाँदै गरेको मेचीनगरस्थित एनएमसी डेरीको मे. १ च ५८६८ सवारी साधन एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार तीनजना घाइते भएका थिए ।

दुर्घटना आज बिहान ३ बजेको समयमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer