२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अरिङ्गालले चिल्दा बाह्रदशीकी भुर्तेलको मृत्यु, छोरी र नाति घाइते


बिर्तामोड, असोज १९ । झापाको बाह्रदशी-५ मा अरिङ्गालले चिल्दा एकजना महिलाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

अरिंगालले चिलेर बाह्रदशी-५ नवकिरण टोलकी करिब ६० वर्षीया रामप्यारी भुर्तेलको मृत्यु भएको हो । हिजो साँझ ५ बजे घरनजिकै घाँस काट्न जाँदा भुर्तेलमाथि अरिंगालको पूरै गोलो खनिएको थियो ।

घाइते भुर्तेललाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको बाह्रदशी ५ का वडा सदस्य जय तिम्सिनाले जानकारी दिए ।

तिम्सिनाका अनुसार चीलले अरिंगालको गोलोमा प्रहार गरेको बेला उनी त्यही ठाउँमा घाँस काट्न पुगेकी थिइन् ।

अरिंगालले चिलेर मृकककी छोरी लक्ष्मी र करिब ७ वर्षीय नाति घाइते भएका छन् । उनीहरुको घरमै उपचार गरिएको वडा सदस्य तिम्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer