२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

हरि खड्का झापा एफसीको ब्रान्ड एम्बेसडर


बिर्तामोड, असोज २० । नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

कीर्तिमानी फरवार्ड खड्कालाई झापा एफसीले दोस्रो संस्करणको एनएसएलका लागि आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको हो । खड्का र नीराजन रायमाझीले राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी १३ गोल गरेका छन् ।

‘फुटबलका हस्तीलाई हरि खड्कालाई हाम्रो ब्रान्ड एम्बेसेडरको रूपमा पाउनु झापा एफसीको लागि गौरवको विषय हो । नेपाली फुटबलमा उनको अतुलनीय योगदान र झापा जिल्लासँगको उनको सम्बन्धले यो साझेदारीलाई साँच्चै विशेष बनाएको छ’, झापा एफसीका अध्यक्ष अर्पणविक्रम खड्काले भने ।

मैदानमा आफ्नो उत्कृष्ट खेल र कलाकौशलका लागि परिचित खड्काले पनि यो नयाँ भूमिकाको बारेमा आफ्नो उत्साह व्यक्त गरे ।

‘झापा एफसी नेपाली फुटबललाई केही परिवर्तन गर्ने अठोटका साथ आएको छ र मेरै जिल्लाको क्लबलाई प्रतिनिधित्व गर्न पाउनु सम्मानको विषय हो’, खड्काले भने’, फुटबलको विकासमा योगदान दिन र झापा एफसीलाई एनएसएलमा समर्थन गरी आफ्नो तर्फबाट गर्न सक्ने सम्पूर्ण सहयोग गर्न तत्पर छु ।’

झापा एफसी महासचिव सुजन गौतमले भने, ‘झापा एफसीमा हरि सरको संलग्नता हाम्रो क्लब र हाम्रा खेलाडीहरूको लागि महत्वपूर्ण हुनेछ । उहाँको अनुभव र खेलप्रतिको लगावले पक्कै पनि हाम्रो टोलीलाई आगामी एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नेछ ।’

झापा एनएसएल पहिलोपटक खेल्ने ३ टोली मध्येको एक हो । ९ टोलीको सहभागितामा एनएसएल मंसिर ८ गतेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer