२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

न्यु स्टार क्लबले जिल्लास्तरीय फुटबल आयोजना गर्ने


बिर्तामोड, असोज २१ । झापा बिर्तामोडस्थित खोपबाडीको ‘ए’ डिभिजन क्लब न्यु स्टार क्लबले यही मंसिरको दोस्रो साता झापा जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बैशाख ३० देखि जेठ ६ गतेसम्म न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप सञ्चालन गरेको क्लबले वार्षिक कार्यक्रमअनुसार जिल्लास्तरीय प्रतियोगिता गराउन लागेको क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूले बताए ।

उनले सो प्रतियोगिताको विजेता र उपविजेताका लागि क्रमशः ५१ हजार र ३१ हजार नगद पुरस्कारको व्यवस्था गरिने जानकारी दिए ।

वार्षिक रुपमा जिल्लास्तरीय प्रतियोगितासँगै क्लबले प्रत्येक दुईदुई वर्षमा अन्तर्राष्ट्रिय गोल्डकप गर्ने योजना बनाएको शनिबार सुन्दर निचाझोडा खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिम्बूले बताए ।

पत्रकार सम्मेलनमा गत बैशाखमा आयोजित प्रथम अन्तर्राष्ट्रिय गोल्डकपको आयव्यय सार्वजनिक गरिएको थियो । क्लबका सचिव सरोज न्यौपानेले आयव्यय प्रस्तुत गर्दै जम्मा १६ लाख ८० हजार ८०१ रुपैयाँ संकलन भएकोमा १५ लाख ३४ हजार ५५६ रुपैयाँ खर्च भएको बताए ।

उनले मौज्दात रकम १ लाख ४६ हजार २४५ रुपैयाँ रहेकोमा १ लाख ६८ हजार ३४७ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जानकारी दिए ।

प्रतियोगिता समापनपछि आर्थिक मसान्तका कारण सहयोगीहरुबाट आर्थिक संकलन गर्न ढिलो भएका कारण प्रतियोगिताको आयव्ययमा पनि बिलम्व भएको सचिव न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer