२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

न्यु स्टार क्लबलाई वडा कार्यालयद्वारा खेल सामग्री प्रदान


बिर्तामोड, असोज २१ । बिर्तामोड वडा नम्बर ७ को वडा कार्यालयले स्थानीय खोपबाडीको ‘ए’ डिभिजन क्लब न्यु स्टार क्लबलाई खेलकुद सामग्री प्रदान गरेको छ ।

खोपबाडीस्थित सुन्दर निचाझोडा खेलमैदानमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका तर्फबाट वडा खेलकुद विकास समितिले क्लबलाई फुटबलसँग सम्बन्धित सामग्री प्रदान गरेको हो ।

समितिले १ लाख १० हजार मूल्यबराबरको खेलकुद सामग्री क्लबलाई प्रदान गरिएको थियो । स्थानीयस्तरबाटै खेलाडी उत्पादनमा सहयोग पुग्ने उद्देश्यसाथ खेल सामग्री प्रदान गरिएको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताए ।

खेलकुद सामग्री प्रदान गर्दै वर्षौदेखि ओझेलमा परेको न्यु स्टार क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगिताले सास जोगाउने काम गरेको खरेलले बताए । उनले क्लबको हरेक गतिविधिमा वडा कार्यालयको साथ रहने भन्दै क्लबलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

क्लबका अध्यक्ष कृष्ण लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा वडा खेलकुद विकास समितिका अध्यक्ष नरेश संग्रौलाले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer