२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा


बिर्तामोड, असोज २१ । यही असोज २५ गतेदेखि सुरु हुने दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बिर्तामोड २ स्थित बेलडाँगी रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने जिल्लास्तरीय प्रतियोगिताका लागि सम्पूर्ण काम सकिएको आयोजक एकता स्पोर्टिङ क्लबका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

मैदान व्यवस्थापन, स्वागतद्वार निर्माणको काम सम्पन्न भएको छ भने मञ्च निर्माणको तयारी गरिएको आयोजक समितिले जनाएको छ ।

प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजक एकता स्पोर्टिङ क्लबका पदाधिकारी सदस्यहरू जिम्मेवारी अनुसारको कामलाई रचनात्मक सम्पादन कार्यमा लागिरहेको प्राविधिक समितिका संयोजक माधव खरेलले बताए ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता जनाउने छन् । झापा ११, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिने पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद १ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही २ हजार रुपैयाँ प्रदान गरिने खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको क्लबका सदस्य रमेश उप्रेतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer