२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालले चिन्न नसकेको झापाकी मेनुकाले इन्डियन आइडलमा जितिन् ‘गोल्डेन माइक’


बिर्तामोड, असोज २२ । झापाकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इन्डियन आइडलमा दमदार तथा मर्मस्पर्शी प्रस्तुति दिएपछि जजहरु भावुक मात्र बनेन मेनुकाको गायकी सुनेर आश्चर्यचकित भए ।

नेपालले चिन्न नसकेको प्रतिभाशाली गायक मेनुकाले भारतमा व्यापक प्रशंसा बटुलिरहेकी छन् । उनको मिठो सुर र उच्च तहको स्वरले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ सहित ‘गोल्डेन माइक’ समेत जित्यो । तीनैजना जजले मञ्चमा उक्लिएर मेनुकालाई गोल्डेन माइक प्रदान गरे ।

यसअघि नेपाल आइडलमा भाग लिएकी मेनुकालाई जजहरुले संगीत सिक्न बाँकी रहेको भनेपछि उनी बाहिरिएकी थिइन् । साथै, अर्को भारतीय रियालिटी शो ‘सारेगमप’ मा पनि उनले सहभागिता जनाएकी थिइन् ।

उनले त्यो बेला नै नेपाली तथा भारतीयको मन छोइसकेकी थिइन् । ‘सारेगमप’ का जजहरुले समेत नेपालले चिन्न नसकेको प्रतिभा भनेर उनको प्रशंसा गरेका थिए ।

जन्मँदै नेत्रहीन २५ वर्षीया मेनुकाले हिजो प्रशारण भएको अडिसन राउन्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी थिइन् । मेनुकाको गायकीमा तीनैजना जज भक्कानिएका थिए ।

उनीहरु ‘शब्दविहीन’ रहे । त्यसपछि उभिएर सम्मान प्रदान गरे । जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु बगाउँदै आफूलाई सम्हाल्न सकेनन् ।

त्यसपछि जज ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा गरे । उनले भने, ‘हामी संगीतकर्मी जुन चीजलाई पुज्छौँ नि, त्यसलाई अघि देखिरहेका छौँ । म जुन चिजलाई पुज्छु, त्यो तिमी आफैँ हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको अर्थ हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ।’

अर्का जज कुमार सानुले भने, ‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि मैले जुन संगीत बनाउँछु, त्यो भिन्न हुनेछ । यसको कारण तिमी हौ ।’

श्रेया घोषालले पनि मेनुकाको प्रशंसामा शब्द खर्चिइन् । मेनुकाको गायकीले आफूभित्रको संगीत जागेको भन्दै स्पष्टता प्रदान गरेको बताइन् । ‘तिमी को हौ, तिमी आफैँलाई थाहा छैन मेनुका, यसकारण मलाई मजा आयो । मलाई लाग्दैन कि इन्डियन आइडलमा अरु कसैले यति राम्रोसँग गाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer