२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कलिलो एभोकाडो टिपेर बजारमा नपुर्‍याउन कृषकसँग आग्रह


बिर्तामोड, असोज २२ । बिर्तामोड, दमक, इटहरी, धरान लगायतका बजारमा कृषकले कलिलो एभोकाडो नपुर्‍याउन थालेपछि धनकुटा नगरपालिकाले सचेत गराएको छ ।

हतारमा एभोकाडो टिपेर बजार नपुर्‍याउन नगरपालिकाले कृषकसँग आग्रह गरेको छ । किसानले कलिलै टिपेर बेच्न थालेको गुनासो आएपछि नगरपालिकाले चासो दिएको हो ।

सिजनअगावै बजारमा छ्यापछ्याप्ती एभोकाडो पुर्‍याएपछि नगरपालिकाले ब्रान्डिङमा असर गर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको हो । समयअगावै फल टिप्न थालेपछि गुणस्तरमै प्रश्न उठ्ने डरले नगरपालिकाले कृषकलाई सतर्कता अपनाउन अनुरोध गरेको हो ।

फल परिपक्व भएपछि मात्रै बेच्न कृषक, व्यापारी र उद्यमीलाई अनुरोध गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले झापा टुडेलाई जानकारी दिए ।

धनकुटाका अधिकांश घरमा एभोकाडो लगाइएको छ । ५ वर्ष पहिले नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गर्दै किसानलाई एभोकाडो खेतीमा आकर्षित गरेको थियो ।

एभोकाडो परिपक्व भएको फल कसरी चिन्ने, फलको टिपाइ भण्डारण, ग्रेडिङ, प्याकेजिङ र लेवलिङबारे कृषकलाई नगरपालिकाले सार्वजनिक सूचनामै जानकारी दिएको छ ।

पालिकाभित्र रामो उत्पादन हुन थालेपछि २०७५ वैशाखमा पहिलो पटक धनकुटाले एभोकाडो राजधानी घोषणा गरेको थियो । एक हजार ९६३ घरधुरीबाट सुरू भएको एभोकाडो खेती हाल ४ हजार ९२६ परिवारसम्म पुगेको छ ।

पालिकाभित्र ४ हजार ४० रोपनीमा भइरहेको खेती विस्तार भएर १२ हजार ९९ सय रोपनीमा पुगेको छ ।

एक पटक रोपेपछि वर्षौंसम्म उत्पादन दिने यस फलप्रति किसानहरूको आकर्षण बढिरहेको गरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer