२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

असोज २७ गतेदेखि खुट्टीडाँगीमा फुटबल हुने


मेचीनगर, असोज २२ । खुट्टीडाँगी युवा परिवारको आयोजनामा यही असोज २७ गतेदेखि टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

बडादशैँ तथा तिहारको अवसर पारेर कवि शिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता वडा नम्बर ९ मा रहेका ८ वटा टोलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

प्रतियोगिताको विजेताले नगद २५ हजारसहित ट्रफी तथा प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार प्राप्त गर्ने आयोजक खुट्टीडाँगी युवा परिवारका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।

स्थानीयस्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको सदस्य सोवित कटुवालले बताए । प्रतियोगिताको फाइनल खेल कात्तिक ५ वा ६ गते गर्नेगरी तयारी आयोजकले थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer