२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दमकको रतुवा घाटनजिकै महिलाको शव फेला


दमक, असोज २३ । झापाको दमकमा एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका–२ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाटनजिकै बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ५५÷६० वर्षको जस्तो देखिने महिलाको शवको भने पहिचान खुलेको छैन । मंगलबार बिहान जंगलमा घाँस काट्न गएकी महिलाले शव देखेपछि होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाको बारेमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer