२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कविशिरोमणि माविको नृत्य प्रतियोगितामा बालकल्याण प्रथम


धुलाबारी,असोज २४ । मेचीनगर–९ स्थित कविशिरोमणि माविमा बुधबार दसैं विषेश कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम अन्तर्गत मेचीनगर स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो ।

कविशिरोमणि मावि साँस्कृतिक समितिको आयोजना तथा कक्षा ९ का विद्यार्थीको व्यवस्थापनमा भएको नृत्य प्रतियोगितामा बालकल्याण मावि प्रथम भएको छ । यस्तै, दोस्रो बलभद्र मावि र काँकरभिट्टा मावि तेस्रो भएको साँस्कृतिक समितिका संयोजक शिक्षक आरबी गौतमले जानकारी दिए ।

नृत्य प्रतियोगितामा मेचीनगरका ९ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको शिक्षक दिवश भण्डारीले बताए । नृत्य प्रतियोगिताको निर्णायक भूमिका युवराज श्रेष्ठ र सागर राजवंशीले निर्वाह गरेका थिए । प्रतियोगितामा उत्कृष्ट भएका विद्यालयका विद्यार्थीलाई शील्ड प्रदान गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीको अध्यक्षता तथा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगीता थापाले शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष चुडामणि रेग्मी, विव्यस सदस्य रुद्रकुमार रोक्का, पूर्व विद्यार्थी तथा पत्रकार झुलन रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।


संघारमा रहेको चाडपर्वको खुशीयाली साट्न तथा प्रतिभा प्रस्फुटन गराउने उदेश्यले नृत्य प्रतियोगिता आयोजना गरिएको साँस्कृतिक समितिका संयोजक आरबी गौतमले बताए । उनका अनुसार कार्यक्रममा कविशिरोमणि माविका विद्यार्थीहरुले अप्रतियोगी नृत्यसमेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer