२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरको एक विद्यालयमा मदिराले लठ्ठै भएर पुगेका शिक्षक प्रहरीको नियन्त्रणमा


मेचीनगर, असोज २५ । मेचीनगर–९ स्थित हरि आधारभूत विद्यालयका एक शिक्षक मदिरामा लठ्ठै भएर विद्यालय पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यालयका शिक्षक ध्रुब पौडेल आज बिहान पौने १० बजेतिर मदिराले लठ्ठै भएर विद्यालय पुगेका हुन् । विद्यालय पुगेका उनी पढाउन तिर लागेनन् । उनी त चौरमा फोहोर टिप्नतिर पो लागे ।

शिक्षकको यस्तो हर्कत देखेर सबै अचम्ममा परे । मदिराले लठ्ठै भएका उनी त्यसपछि पढाउनका लागि कक्षा कोठामा पनि गए । तर, विद्यार्थी पढ्न मानेनन्, बहिस्कार गरे । ‘सर त रक्सी खाएर मात्नुभएको छ, हामी पढ्दैनौँ’, विद्यार्थीहरुले भने । त्यसपछि भने विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद फुँयालसहितको टोलीले प्रहरीलाई खबर गरे र मदिरा सेवन पुष्टि गर्न आम्दा अस्पताल धुलाबारी ल्याए ।

अस्पतालमा जाँच गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भयो । त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय धुलाबारी ल्याइएको छ । अहिले उनी प्रहरी नियन्त्रणमा छन् । प्रहरी स्रोतका अनुसार अहिले विद्यालय प्रशासन, अभिभावक तथा सरोकारवालाहरुले यस सन्दर्भमा छलफल गर्ने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer