२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

भोलिबाट धुलाबारीमा एनएमसी पसल सञ्चालनमा आउने


मेचीनगर, असोज २५ । झापाको धुलाबारीमा भोलि असोज २६ गतेदेखि एनएमसी सहकारी पसल सञ्चालनमा आउने भएको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को चौथो व्यवसायको रुपमा सञ्चालनमा रहेको एनएमसी कुपसपको १७ औँ शाखाका रुपमा धुलाबारीमा सञ्चालनमा आउने भएको हो ।

व्यवसायको माध्यमबाट सदस्य तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सामान बिक्री, उत्पादकलाई उपभोक्तासम्म जोड्ने, एनएमसीका अन्य उत्पादनलाई बिक्री वितरण, बजार मूल्यमा नियन्त्रण, स्थानीय उत्पादनलाई प्रबर्द्घन, प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लगायतका उद्देश्यले चौथो व्यवसायका रुपमा सञ्चालनमा रहेको व्यवसायको अहिलेसम्म १६ वटा पसल र एउटा वितरण केन्द्र रहेको पसल व्यवसाय प्रमुख बासु खतिवडाले बताए ।

धुलाबारी र खुट्टीडाँगी सेवाकेन्द्रका सदस्यहरुलाई लक्षित गरी धुलाबारी बजारमा पसल सञ्चालनमा ल्याइएको हो । आफ्ना सदस्यहरुलाई सामान खरिदमा विशेष छुट र गिफ्ट ह्याम्परको समेत व्यवस्था रहेकोे पसल व्यवसाय उपसमिति संयोजक सूर्यप्रसाद मैनालीले जानकारी दिए ।

भोलिदेखि सञ्चालनमा आउन लागेका मेचीनगर–९ धुलाबारी बजार सिरान खानेपानी ट्यांकीअगाडि सञ्चालनको तयारीमा रहेको पसलको सम्पूर्ण तयारी पूरा भएको मेचीनगर क्षेत्रीय संयोजक प्रकाश पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer