२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा


बिर्तामोड, असोज २६ । कोशी प्रदेशकै ठुलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ ।

चार वर्षअघि ७९ करोड ८० लाख रुपैयाँको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए । उनका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यालन जडान हुनेछ ।

झिलझिले चोकबाट करिब ७ किलोमिटर दक्षिणमा २२ बिघा जमिनमा २२ हजार छ सय सोलार प्यानल जडान गरिने उनले जानकारी दिए । परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिनाअघि नै सकिएको छ । जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुनेछ ।

नेपालकै ठुलो परियोजना अब दुई महिनाभित्रमा सञ्चालन गर्ने तयारी रहेको छ । सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले ३५ करोड र सिभिल बैंकबाट २५ करोड गरी ६० करोड रुपैयाँ बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा २० करोड रुपैयाँ शेयरदाताबाट लगानी गरिएको छ ।

जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने भट्टराईले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताइन् । उनले परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।

ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताइन् । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ ।

झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको हो । नेपाल विद्युत् प्राधिकरणलाई यहाँ उत्पादित विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले बिक्री गर्ने गरी सम्झौता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer